२०८३ साउन ९ शनिबार

नक्कली माइन्यूट खडा गरी निजी जग्गामा ठूला बडाको चलखेल, डिआईजी देखि सहसचिवसम्म बने खरिदकर्ता

ई आर्थिक    शनिबार, साउन २१ २०७४
9.7K
Shares
नक्कली माइन्यूट खडा गरी निजी जग्गामा ठूला बडाको चलखेल, डिआईजी देखि सहसचिवसम्म बने खरिदकर्ता

२० साउन, काठमाडौं । भक्तपुरको दुवाकोटमा रहेको निजी कम्पनीको जग्गामा ठूला बडाले चलखेल गरिएको बुझिएको छ । यसरी चलखेल गर्नेमा शसस्त्र प्रहरीका डिआईजी निराकर विक्रम शाहदेखि सहसचिव राजेन्द्र सिंह थापा समेत रहेको बुझिएको छ । सो टिममा पाइलट र अन्य सरकारी कर्मचारी समेत रहेका छन् ।

समाचार स्रोतका अनुसार डिआईजी सिंहका आफन्त स्मृती शाहको नाममा र सहसचिव थापाका आफन्त चन्द्र रेखादेवी थापाको नाममा खरिद जग्गा खरिद गरिएको हो । शाहले ७ आना १ पैसा र थापाले ८ आना क्षेत्रफल जग्गा खरिद गरेका छन ।
५ रोपनी १३ आना ३ पैसा रहेको उक्त जग्गा उनीहरु बाहेक भरतप्रसाद पराजुली, मौलिक कोइराला, रोहित मैनाली, मीभा श्रेष्ठ, गंगादेवी रेग्मी, सरिता मानन्धर, सरोज मल्लिक समेतले खरिद गरेका छन ।

Bhaktpur Jagga Adalat ko Nirnaya 1

भिबोर होम्स् प्रा.लि. को नाममा रहेको उक्त जग्गाका वास्तविक मालिक काजीबहादुर राउत हुन । वास्तविक जग्गाधनीसँग समेत सम्पर्क नगरी सेटिङ्गमा उनीहरुले सस्तो मूल्यमा उक्त जग्गा खरिद गरेका हुन । कर्जा धितोमा रहेको उक्त जग्गा खरिद गर्ने समयमा नक्कली माइन्यूट तयार गरी भिबोर होम्स् प्रालिका सञ्चालक राउतको नक्कली हस्ताक्षर समेत गरिएको थियो । उक्त जग्गालाई बन्धक राख्न र विक्री गर्न अमित श्रेष्ठ नामका ‘डमी’ व्यक्तिलाई अख्तिारनामा दिइएको पाइएको उक्त कम्पनीका सञ्चालक राउतले जानकारी दिए ।

‘जग्गाको बास्तविक मालिक म हुँ’ भिवोर होम्स् प्रालिका सञ्चालक राउतले भने– ‘न मैले माइन्यूट बनाएको छु, न त अरुले बनाएको माइन्यूटमा नै मैले हस्ताक्षर गरेको छु ।’ जग्गा खरिदकर्ताले पनि त्यही नक्कली माइन्यूटलाई टेकेर जग्गा खरिद गरेको पाइयो । यसमा ठूलो चलखेल र सेटिङ्ग भएको राउतले बताए । माइन्यूटमा काजीबहादुर राउतको नक्कली हस्ताक्षर प्रष्टै देखिन्छ । एकपटक हस्ताक्षर मिलाउन नसके पछि अर्को पटक हस्ताक्षरको प्रयास भएको मालपोत कार्यालय भक्तपुरले उपलब्ध गराएको माइन्यूटमा देखिएको छ । अख्तियार नामामा औंठा छाप पनि हुनुपर्ने हो तर, सो पनि देखिदैन । यसले पनि डुब्लिकेट माइन्यूटबाट जग्गा खरिद विक्री भएको पुष्टि गर्दछ ।

Bhaktpur Jagga Adalat ko Nirnaya

माइन्यूटमा अख्तियारनामा बाहेक बैंकवाट धितो फुकुवा गरी जग्गा राजिनामा गर्ने र जग्गा विक्री पश्चात बाँकी रहेका जग्गाहरु पुनः सोही बैंकको नाममा रोक्का राख्ने समेत छलफलका विषय बनाइएको छ ।

अहिले जग्गाधनी काजीबहादुर राउतले भक्तपुर जिल्ला अदालतमा मुद्दा हालेका छन् । उक्त मुद्दा अहिले अदालतमा विचराधिन अवस्थामा रहेको छ । सो मुद्दामा समेत उनीहरुले चलखेल गर्न खोजिरहेको जग्गाधनी राउतले ईआर्थिकलाई वताए ।

भक्तपुर जिल्ला अदालतले उक्त डुब्लिकेट माइन्यूटको अख्तियार प्राप्त गर्ने अमित श्रेष्ठलाई बयानको लागि उपस्थित गराउन पटक–पटक आदेश दिंदा समेत विपक्षीले श्रेष्ठलाई उपस्थित गराउन सकेको छैनन् । माइन्यूट पनि त्रुटिपूर्ण छ । उक्त त्रुटिपूर्ण माइन्यूटलाई परिवर्तन गराउने सक्ने आशंकले जिल्ला अदालत भक्तपुरले स्टाम्पिङ्ग गरेको छ ।

यसरी सेटिङ्गमा सस्तोमा जग्गा खरिद गर्नेहरुले निर्णय आफ्नो पक्षमा पार्न अदालतलाई समेत प्रभावमा पार्नेगरी काम गरिरहेका बुझिएको छ । यसका लागि राजनीतिक नेताहरु कहाँ समेत धाइरहेको स्रोतले दाबी गरेको छ ।

खरिकर्ताहरु पहुँचवाला र सरकारीस्तरको ठूला पदधारी भएकाले पनि अदालतमा उनीहरुको चलखेल चल्ने आशंका गरिएको छ ।
सो जग्गामा करोडौंको चलखेल रहेको छ । २ करोड ९० लाख देखाई ११ करोडको सम्पत्ति सबैजना मिलेर हड्पेका हुन । करोडौंको जग्गा सेटिङ्ग र मिलेमतो गरेर खाइदिए पछि आफू सडकमा पु¥याइदिएको जग्गाधनी राउतले बताए ।

नेपाल राष्ट्र बैंकमा समेत निवेदन हालेका राउतको कुनै निकायले कुरा सुनिदिएको छैन । सबै खरिदकर्ता सरकारको कुनै न कुनै पदधारीवालाले आफन्तको नाममा खरिद गरेका छन् । अख्तियार र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले यो सम्पत्तिको स्रोत खोज्ने हो भने ती कर्मचारीहरु समेत कारवाहीमा पर्नसक्ने दावी जानकारी व्यक्ति वताउछन् । ती कर्मचारीहरुले यसरी जग्गा खरिद गरे झै आफन्तको नाममा राजधानीका दर्जनौ सहकारीमा निक्षेप राखेको समेत सो स्रोतले दावी गरेको छ । याे काण्डमा मालपोतका कर्मचारी समेतको मिलेमतो रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij