२० साउन, काठमाडौँ । अरुण फाइनान्सले आगामी भदौ ६ गतेबाट सत प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ ।
यो हकप्रद असार ८ गतेसम्म कायम शेयरधनीले मात्रै आगामी असोज ९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
फाइनान्सले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १५ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
यो हकप्रदमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय राष्ट्रिय नाचघर काठमाडौं तथा ग्लोबल आइएमई बैंकको वीरगंज, इटहरी, जनकपुर, धनगढी, पोखरा, नेपालगंज, र बुटवल शाखाबाट आवेदन दिन सक्नेछन् ।
यसैगरी, अरुण फाइनान्सको केन्द्रीय कार्यालय धरान–६ सुनसरी तथा यसको हेटौंडा र खाडीचौर सिन्धुपाल्चोक शाखाबाट पनि हकप्रदका लागि आवेदन दिन पाइनेछ ।
हाल अरुणको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी ३० करोड रुपैयाँ हुनेछ ।