२०८३ साउन ९ शनिबार

नबिल बैंकको उत्साहजनक प्रगति, नाफा २८.८३ प्रतिशतले बढेर ३ अर्ब कट्यो

ई आर्थिक    बिहिबार, साउन १९ २०७४
5.4K
Shares
नबिल बैंकको उत्साहजनक प्रगति, नाफा २८.८३ प्रतिशतले बढेर ३ अर्ब कट्यो

१९ साउन, काठमाडौं । नबिल बैंक फेरि पनि उत्साहजनक प्रगति गर्न सफल भएको छ । आव २०७३÷७४ मा नबिल बैंकको नाफा २८.८३ प्रतिशतले बढेर ३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२÷७३ मा भने बैंकको नाफा २ अर्ब ८१ करोड रहेको थियो ।

बैंकको खुद व्याज आम्दानी २६.२० प्रतिशतले बढेर ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ५७ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ३८ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ६४ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको ४ करोड मात्र फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि केही रकम बढाएर १ करोड ९३ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ०.७९ प्रतिशत रहेको छ भने प्रावधान २ सय २१ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड पुगेको छ ।सेयरमा प्रतिफल दर २७.९४ प्रतिशत छ । प्रतिसेयर आम्दानी ५८.५४ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती ९ अर्ब ३ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग ४६ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन ७.८८ प्रतिशतले बढेर १ खर्ब १८ अर्ब र कर्जा लगानी करिब १८ प्रतिशतले बढेर ९१ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७५.६२ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ६.६१ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १३.३४ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २ सय ४६ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत १६ करोडले बढेको छ भने अन्य सञ्चालन लागत करिब ५ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा १ अर्ब ४० करोड, ओभर ड्राफ्ट शीर्षकमा ५१ अर्ब लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij