२०८३ साउन ९ शनिबार

बुबासँग अपहरणको नाटक गरी फिरौती माग्ने तीन पक्राउ

ई आर्थिक    सोमबार, साउन ९ २०७४
3.1K
Shares
बुबासँग अपहरणको नाटक गरी फिरौती माग्ने तीन पक्राउ

९ साउन, राजविराज । आफ्नै बुबासँग अपहरणको नाटक गरी फिरौती माग गर्ने छोरासहित तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा भारतको सुपौल जिल्लाको डगमारा ग्राम पञ्चायत–८ कुनौलीका गोसाइ मण्डलको २२ वर्षीय छोरा देवचन्द्रकुमार मण्डलले अपहरणको नाटक गरी नेपालतर्फ आई सप्तरी आएर आफ्नै बुबासँग फिरौतीको माग गर्न लगाएकाले सहयोगीसहित उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो ।

उनीहरुमाथि केही सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य थालिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij