२०८३ साउन ९ शनिबार

मिर्मिरे माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

ई आर्थिक    आइतबार, साउन ८ २०७४
5.4K
Shares
मिर्मिरे माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

८ साउन, काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद शेयर भर्ने आज (आइतबार) अन्तिम दिन हो ।

मिर्मिरेले असार ५ देखि १ः०.५ अनुपातमा (एक कित्ता शेयर बराबर ०.५ कित्ता ) १०० रुपैयाँ अंकित मूल्यको १ लाख ५० हजार कित्ता शेयर बिक्री खुला गरेको हो । जेठ १६ गतेसम्म कायम शेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् ।

प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौं, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक बनेपा, भरतपुर शाखा चितवन, फेनहरा शाखा नवलपरासी, हेटौडा शाखा मकवानपुर, चरिकोट शाखा दोलखा, पशुपति डाँडा शाखा धादिङ र कालिकास्थान शाखा रसुवाबाट हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।

त्यसैगरी, प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु रंगेली रोड विराटनगर, आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, गोदावरी रोड धनगढी र सुर्खेत रोड नेपालगन्ज शाखाबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । मिर्मिरेको यो हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

हाल मिर्मिरेको चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । हकप्रद निष्कासनपछि भने मिर्मिरेको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij