६ साउन, काठमाडौँ । माछापुच्छ्रे बैंकको बिहीबारदेखि १२ प्रतिशत हकप्रद शेयर बिक्री खुलेको छ ।
बैंकले १०० रुपैयाँ अंकित मूल्यको १०ः१.२ अनुपातमा ७९ लाख १८ हजार ४४० कित्ता शेयर बिक्री खुल्ला गरेको हो । बैंकको हकप्रद शेयरमा जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भदौ ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बैंकको हकप्रद बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । ईछुक लगानीकर्ताहरुले क्यापिटलको नक्सालस्थित कार्यालय तथा माछापुच्छ्रे बैंकको अधिकांश शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने बैंकको चुक्ता पुँजी ७ अर्ब ३९ करोड ५ लाख ४४ हजार रुपैयाँ हुनेछ ।