२०८३ साउन ९ शनिबार

अब जनताले गृहमन्त्रीलाई सिधै गुनासो सुनाउन पाउने, त्यसको लागी १११२ डायल गर्नुपर्ने

ई आर्थिक    सोमबार, असार २६ २०७४
4.2K
Shares
अब जनताले गृहमन्त्रीलाई सिधै गुनासो सुनाउन पाउने, त्यसको लागी १११२ डायल गर्नुपर्ने

२६ असार, काठमाडौं । गृहमन्त्रालयले जनताको गुनासो सुन्न ‘गुनासो व्यवस्थापन कक्ष’ स्थापना गरी प्रयोगमा ल्याएको छ ।

मन्त्रालयले आफ्नो मन्त्रालय र त्यसअन्तर्गतका निकायका बारेमा गुनासो सुन्नका लागि आजदेखि टोल फ्री नं १११२ प्रयोगमा ल्याएको हो ।

सो कक्षको आज गृहमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा जुम्लाका जयबहादुर महतले मन्त्री शर्मासमक्ष तीन वटा गुनासो राख्नुभएको थियो ।

महतले बिदाका दिनमा सरकारी गाडीको दुरुपयोग भएको, काम नभएको ठाउँमा सरकारी कार्यालयले भुक्तानी रकम दिएर भ्रष्टाचार गरेको र गाउँपालिकामा तल्लोस्तरका कर्मचारीलाई हाकिम बनाएर माथिल्लोस्तरका कर्मचारीलाई बेवास्ता गरेको भन्दै गुनासो पोख्नुभयो ।

गुनासो सुनेपछि मन्त्री शर्माले जुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालाई टेलिफोन सम्पर्क गरी महतले गरेको गुनासोका बारेमा जानकारी गराउँदै महतले राखेका गुनासोका सम्बन्धमा चाँडो सत्यतथ्य बुझेर यथार्थ कुरा मन्त्रालयमा पठाउन निर्देशन दिनुभयो ।

मन्त्रालयले जनताले गरेका गुनासालाई सत्यतथ्य बुझेर गल्ती भए सम्बन्धित निकायलाई कारबाहीसमेत गर्ने भएको छ ।

यस्तै ट्विटरमार्फत गुनासो राख्न चाहेमा २mयजबनगलबकय र इमेलमार्फत गुनासो राख्न चाहेमा नगलबकय२mयजब।नयख।लउ मा सम्पर्क गर्नसमेत मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij