२०८३ साउन १० आइतबार

सिन्धु विकास बैंकले पायो ८० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

ई आर्थिक    बिहिबार, असार २२ २०७४
3.4K
Shares
सिन्धु विकास बैंकले पायो ८० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

२२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिन्धु विकास बैंकलाई ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको छ । बैंकले १०ः८ अनुपातमा २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको २० लाख ९७ हजार ५ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बोर्डबाट अनुमति पाएकाले छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने बैंकले जनाएको छ । असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउनुपर्ने भएकाले पनि प्रक्रिया छिटो अघि बढ्ने देखिन्छ । बैंकको हकप्रद बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिन्धुले २ करोड ५५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij