२०८३ साउन ९ शनिबार

शेयर किनबेच अब झनै सजिलो, आजदेखि सिडिएस एण्ड क्लियरिङ्ग नियम लागू हुँदै

ई आर्थिक    बुधबार, असार २१ २०७४
4K
Shares
शेयर किनबेच अब झनै सजिलो, आजदेखि सिडिएस एण्ड क्लियरिङ्ग नियम लागू हुँदै

२१ असार, काठमाडौं । अब शेयर खरिद-बिक्री गर्दा कारोबार गरेको दुई कार्य दिन भित्रै रकम तथा शेयर बुझाइसक्नु पर्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) ले धितोपत्र कारोबार भएको दुई कार्यदिन (टी प्लस टु) भित्र धितोपत्र बिक्री गर्ने लगानीकर्ताहरुले धितोपत्र तथा खरिद गर्ने लगानीकर्ताहरुले धितोपत्र खरिद बापतको रकम बुझाईसक्न निर्देशन जारी गरेको छ ।

यसअघि ३ कार्य दिनभित्र बुझाउनुपर्ने व्यवस्था थियो । सिडिएससिका अनुसार आज (बुधबार २१ गते) देखि नै यो व्यवस्था लागू गरिने जनाईएको छ । नयाँ क्लियरिङ बैंक थपिएपछि सीडीएससीले राफसाफ अवधि पनि राफसाफ तथा फस्र्योट अवधि पनि छोटो बनाएको हो । तोकिएको समय अवधिभित्र आफ्नो दायित्व पूरा गर्न नसकी कारवाहीमा परेमा सम्बन्धित लगानीकर्ता आफैं नै जिम्मेवार हुनुपर्ने सीडीएसीलले बताएको छ ।

CDS & CLEARING LTD

साथै राफसाफ सदस्यहरु तथा निक्षेप सदस्यहरुले समेत लगानीकर्ताहरुलाई मर्का नपर्ने गरी कार्यविधिमा तोकिए बमोजिम आफ्ना दायित्व पूरा गर्न पनि निर्देशन दिएको छ । राफसाफ सदस्यहरु तथा निक्षेप सदस्यहरुको लापरवाहीले गर्दा लगानीकर्ताहरुलाई क्षति हुन गएमा सम्बन्धित पक्ष नै सो को जिम्मेवार हुने सिडिएससिले प्रष्ट पारेको छ ।

सिडिएससिले गत आइतबारदेखि नै नेप्सेमा शेयर कारोबारको राफसाफ तथा फछ्र्योट मल्टिपल क्लियरिङ बैंकमार्फत नेट सेटलमेन्ट प्रणाली अनुसार गरिएको छ । आइतबारदेखि मल्टिपल क्लियरिङ बैंक सञ्चालनमा आएका हुन् । यसअघि ग्लोबल आइएमई मात्र रहेकोमा अब इन्भेस्टमेन्ट बैंक, प्रभु र सिद्धार्थलाई पनि क्लियरिङ बैंकको जिम्मेवारी दिइएको छ । यो माध्यममा ब्रोकरहरुले शेयर किनबेच गरेको रकमको अन्तरका आधारमा सेटलमेन्ट गरिन्छ ।

सीडीएससीले सम्पूर्ण लगानीकर्ता, सम्बन्धित निकाय तथा सरोकारवालालाई नेट सेटलमेन्ट प्रणालीको सफल कार्यान्वयनका लागि सहयोय गरिदिन पनि आग्रह गरेको छ । यसअघि ब्रोकरहरुमार्फत भएको शेयर खरिद र बिक्रीको छुट्टाछुट्ट्रै राफसाफ गर्नुपर्दथ्यो । अब नेट सेटलमेन्ट प्रणाली कार्यान्वयन भएपछि हिसाबकिताब सहज हुनेछ । यसबाट ब्रोकर र लगानीकर्ता दुवैलाई फाइदा पुग्ने बताइएको छ । नेट सेटलमेन्टसहितको क्लियरिङ बैंक आएपछि ब्रोकर कम्पनी वा राफसाफ सदस्यले दिनभर गरेको कारोबारमा खरिदबापत बुझाउनुपर्ने रकम र बिक्री गरेबापत पाउने रकम नेट गणना गरिन्छ । नेटमा आएको हिसाबकिताबका आधारमा राफसाफ सदस्यले पैसा पाउने वा बुझाउने हुन सक्छ । यस्तो प्रणाली आएपछि राफसाफ पारदर्शी र छरितो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij