१९ असार, काठमाडौं । माछापुच्छ्रे बैंकले यही साउन ५ गतेबाट ७९ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
बैंकले पुंजी बृद्धिको लागि बिद्यमान चुक्ता पुंजीको १० बराबर एक दसमलव दुुईको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी ७९ लाख १८ हजार चार सय ४० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद निष्काशनको लागि बैंकले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जेठ १४ गते सम्म कायम शेयरधनीले हकप्रदको लागि भदौ ७ गतेसम्म आवेदन दिन सक्ने छन् ।
हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले एनएमबि क्यापिटलको कार्यालय नक्साल र माछापुच्छ्रे बैंकको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् ।
हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ५९ करोड रहेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुंजी ७ अर्ब ३९ करोड पुग्ने छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब खुद नाफा गरेको थियो ।