२०८३ साउन १० आइतबार

महालक्ष्मी र यति गाभिएपछिको एकिकृत कारोबार सुरु

ई आर्थिक    आइतबार, असार १८ २०७४
4.4K
Shares
महालक्ष्मी र यति गाभिएपछिको एकिकृत कारोबार सुरु

१८ असार, काठमाडौं । महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंक गाभिएपछिको एकिकृत कारोबार आइतवारबाट सुरु भएको छ ।

यि दुई बैंक गाभिएर बनेको नयाँ संस्था भने महालक्ष्मी विकास बैंककै नामबाट सञ्चालनमा आउने भएको छ । मर्जरपछि महालक्ष्मी सबै भन्दा बढी ग्राहक र चुक्ता पूँजी भएको विकास बैंक बनेको छ ।

मर्जरपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड पुगेको छ । मर्जर अघि यतिको चुक्ता पुँजी १ अर्ब ३८ करोड र महालक्ष्मीको १ अर्ब १५ करोड रहेको थियो । यी दुई संस्थाले १:१ अनुपातमा सेयर स्वाप रेसियो कायम गरेर मर्जर गरेका हुन् ।

मर्जरपछि बैंकको निक्षेप २४ अर्ब २१ करोड र कर्जा २० अर्ब २६ करोड पुगेको छ । बैंकको शाखा संख्या ६५ पुगेको छ । चालु आवको चैतमा यतिको नाफा २१ करोड ७१ लाख र महालक्ष्मीको २२ करोड ४ लाख रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij