२०८३ साउन १० आइतबार

नारायणगढ–मुग्लिन सडकखण्डमा अहिले सम्मकै ठूलो पहिरो, भोली मध्यान्हसम्म सडक अवरुद्ध हुने

ई आर्थिक    शुक्रबार, असार १६ २०७४
3.4K
Shares
नारायणगढ–मुग्लिन सडकखण्डमा अहिले सम्मकै ठूलो पहिरो, भोली मध्यान्हसम्म सडक अवरुद्ध हुने

१६ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज मध्याह्न ठूलो पहिरो खसेपछि भोली (शनिबार) मध्यान्हसम्म सडक अवरुद्ध हुने भएको छ । काली खोलामा अहिले सम्मकै ठूलो पहिरो गएको हो।

शुक्रबार मध्यान १ बजे आएको पहिरोले सडकलाई पूर्णरुपमा अवरुद्ध गराएको छ। यस अघि विहान ८ बजे सानो पहिरो गएको थियो। उक्त पहिरो पन्छाएर नसक्दै ठूलो पहिलो गएर सडक अवरुद्ध पारेको थियो। सडकमा थुप्रिएको ढुंगा र माटो पन्छाउन शनिबार मध्यान्ह सम्म लाग्न सक्ने आयोजनाले जनाएको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मि मुग्लिनतर्फ पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिनबाट २.५ किमी नारायणगढतर्फको सडकमा यसअघि ठूलो पहिरो खसेर चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो ।

बिहान खसेको पहिरो पन्छाउन नपाउँदै ठूलो पहिरो खसेको थियो । पहिराले ५० मि सडक ढाकेको छ । खनालका अनुसार करिब आठ हजार घनमिटर पहिरो खसेको छ । पहिरो पन्छाउने क्रममा दुई वटै लोडर नारायणगढतर्फ परेकाले एकापट्टिबाट मात्र पहिरो पन्छाउने काम भइरहेको छ । एउटा ब्रेकरले ढुङ्गा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम भइरहेको खनालले बताउनुभयो ।

वर्षा सुरु भएपछि पटक पटक सडकखण्ढ अवरुद्ध भएको छ। यस अघि उक्त सडकखण्ड २० घण्टा सम्म अवरुद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij