२०८३ साउन १० आइतबार

सानिमा माई हाइड्रोपावरले पायो सत प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

ई आर्थिक    शुक्रबार, असार १६ २०७४
3.6K
Shares
सानिमा माई हाइड्रोपावरले पायो सत प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति

१६ असार, काठमाडौं । सानिमा माई हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १०० रुपैयाँको दरले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । चालू आवको तेस्रो त्रैमासमा सानीमामाईको चुक्ता पूँजी रू.१ अर्व ५ करोड ५० लाख पुगेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू.२ अर्व ११ करोड पुग्नेछ ।

हालसम्म नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि निवेदन दिने मध्य २ जलविद्युत कम्पनीहरु रहेका थिए । सानीमामाईको हकप्रद स्वीकृति पछि अव अपि पावरको हकप्रद स्वीकृत हुन बाँकी रहेको छ । अपिले १ बरावर २ को अनुपातमा २ करोड कित्ता हकप्रद शेयर निष्कासनका लागि २०७३ वैशाख २७ गते सेवोनमा निवेदन दिएको थियो । हाल अपि पावरको चुक्ता पूँजी रू.१ अर्व ५ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij