२०८३ साउन ९ शनिबार

चुडामणी शर्मा घोटाला प्रकरण : ९ सय ४४ फाइल खोल्न बाँकी रहदै ३ अर्ब धरौटी माग

ई आर्थिक    बिहिबार, असार १५ २०७४
3.9K
Shares
चुडामणी शर्मा घोटाला प्रकरण : ९ सय ४४ फाइल खोल्न बाँकी रहदै ३ अर्ब धरौटी माग

१५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौटका क्रममा गैरकानुनी रुपमा ब्यवसायीलाई उन्मुक्ति दिएको आरोप आरोपमा पक्राउ परेका चुडाँमणि शर्मासँग हिरासत मुक्त हुन ३ अर्ब रुपैयाँ धरौटी मागेको छ । प्राप्त समाचार अनुसार शर्मालाई तारेखमा छुटाउने गरी ३ अर्ब रुपैयाँ धरौटी मागिएको छ ।

आन्तरिक राजश्व विभागका प्रमुख रहेका शर्मा गत जेठ १९ गते पक्राउ परेका थिए । सह-सचिव शर्मामाथि कर फछ्र्याैट गरेका १ हजार ७८ फाइलमध्ये ८७ वटा फाइलको अनुसन्धान गर्दा प्रत्येक फाइलमा १ करोडको राजश्व हेराफेर गरेको पाइएको थियो । शर्माले अवैधानिक रुपमा २० अर्बभन्दा बढी कर मिनाहा दिइएको आरोप लगाइएको छ ।

अहिलेसम्म अख्तियारले शर्मा सदस्य सचिव रहेको आयोगले दिएको कर छुटका १ सय २५ वटा फाइल खोलेको छ । जसमा ९ अर्ब भन्दा बढी कर गैरकानुनी रुपमा छुट दिइएको भेटिएको अख्तियारले जनाएको छ ।

आरोपमा फरार हरेका आयोगका पदाधिकारीलाई दामासाही रुपमा भाग लगाउँदा शर्माको नाममा ३ अर्ब बराबरको बिगो देखिएकाले ३ अर्ब धरौटी माग गरिएको हो ।

अहिलेसम्मकै सबैभन्दा ठूलो घोटाला र नौलो प्रकारको घटना मानिएको यसमा अख्तिायरले अझै आयोगले निर्णय गरेका झण्डै ९ सय ४४ फाइल खोल्न बाँकी नै छ । अख्तिायरले ३ अर्ब रुपैयाँ धरौटी मागेपछि शर्माले त्यसको लागि आफ्ना वकिलमार्फत तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij