२०८३ साउन ९ शनिबार

भदौंबाट लगानीकर्ताले बढिमा दुई वटा मात्र डिम्याट खाता राख्न पाउने, सेयर सार्दा शुल्क नलाग्ने

ई आर्थिक    सोमबार, असार १२ २०७४
4.2K
Shares
भदौंबाट लगानीकर्ताले बढिमा दुई वटा मात्र डिम्याट खाता राख्न पाउने, सेयर सार्दा शुल्क नलाग्ने

१२ असार, काठमाडौं । दुई भन्दा बढी डिम्याट खाता खोल्नु भएको छ ? यदी छ भने तपाईंहरुले अब भदौंबाट दुई वटाको संख्यामा खाता सिमित गर्नुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता भएका लगानीकर्ताहरुलाई २०७४ भाद्र मसान्तसम्म दुई भन्दा बढी खाता संचालनमा रहेका भए बन्द गर्न आग्रह गरेको छ । बोर्डले हालै लागू गरिएको आस्वा प्रणाली र बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा लगानीकर्ता एवं बजारको दीर्घकालीन हितलाई समेत दृष्टिगत गरी एक ग्राहकले दुई भन्दा बढी डिम्याट खाता खोल्न नपाउने व्यवस्था गरेको हो ।

तर यो बाध्यता लगानी व्यवस्थापन कम्पनी मार्फत् पनि लगानी गरिरहेका र गर्नेहरुलाई भने नहुने भएको छ । दुई वटा भन्दा बढि खाता भएका अन्यले यो क्रममा खातामा सेयर सार्दा भने शुल्क नलाग्ने व्यवस्था गर्न पनि बोर्डले निक्षेप संग्रहकर्ता (डीपी) लाई निर्देशन दिएको छ ।

लगानी व्यवस्थापनको लागि खोलिएको खाता बन्द गर्ने जिम्मेवारी लगानी व्यवस्थापक कम्पनीकै हुने पनि बोर्डले उल्लेख गरेको छ ।

बाृर्डले यो कार्यले बजारमा पारदर्शीता बढ्ने र लगानीकर्ताको वास्तविक संख्या यकिन गर्न पनि सहज हुने विश्वास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij