२०८३ साउन ९ शनिबार

सरकारले ल्यायो एसर्इर्इ गरेकालार्इ कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड

ई आर्थिक    सोमबार, असार १२ २०७४
2.4K
Shares
सरकारले ल्यायो एसर्इर्इ गरेकालार्इ कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड

१२ असार, काठमाडौँ। सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ। शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए)का आधारमा सामान्य परिवर्तन भएको हो। कक्षा ११ र १२ को सम्बन्धन प्राप्त सबै माविले नयाँ निर्णयनुसार भर्ना गराउनुपर्ने मन्त्रालयले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमका अनुसार न्यूनतम जिपिए २ ल्याएकाहरुले विज्ञान समूह पढ्न पाउने तर त्यस्ता विद्यार्थीले विज्ञान र गणितमा सी प्लस तथा अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययनका लागि समग्रमा डी प्लस ल्याउनुपर्ने विगतको मापदण्ड यथावत् छ भने आमसञ्चारलगायत केही विषयमा विज्ञान र गणितमा सी प्लस ल्याउनुपर्ने प्रावधान हटाइएको छ।

यस्तै अर्थशास्त्र, शिक्षा, अङ्ग्रेजी, नेपाली, गणित, भूगोल, लेखा आदि र प्राविधिक विषय पढ्न न्यूनतम जिपिए १.६ ल्याउने विद्यार्थीले कक्षा ११ भर्ना हुन पाउनेछन्।आजको राजधानीमा खबर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij