९ असार, किर्तिपुर । एभरेष्ट बैंकले किर्तिपुरमा आफ्नो ८९ औं एटिएम सेवा उद्घाटन गरेको छ । सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
उक्त सेवाको समुद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुखकार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गर्नु भयो । कार्यक्रममा स्थानिय विशिष्ट व्यक्ति लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
बैंकका प्रमुखकार्यकारी अधिकृत सोमेश्वर सेठले बैंकको सेवा बिस्तार गर्ने रणनीति अन्तर्गत, आगामी दिनहरुमा बैंकले देशका विभिन्न स्थानमा नयाँ आउटलेटहरु खोल्ने योजना लिएको जानकारी दिनुभयो ।
हल बैंकले नेपाल भरी आफ्ना ८९ एटिएम, ६०वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै भारतमा पन्जाब नेशनल बैंकको ७०००भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेकोछ ।