२०८३ साउन ९ शनिबार

एक्कासी किन रोकियो एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोको शेयर कारोबार ?

ई आर्थिक    मंगलबार, असार ६ २०७४
3K
Shares
एक्कासी किन रोकियो एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोको शेयर कारोबार ?

६ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत दुई कम्पनी एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको कारोबार रोक्का भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न पत्राचार गरी निर्देशन दिएपछि यी दुई कम्पनीको कारोबार रोक्का भएको हो ।

केहि समय अघि १८, १९, २० र २२ औँ गरी पाँच आर्थिक वर्षको साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र छ सय प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । एभरेष्टले साधारण सभाको जानकारी सार्वजनिक हुनु पहिलेनै साधारण सभासम्बन्धी उक्त सूचना बजारमा चुहावट गरेको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिएको हो ।

उता नेशनल हाइड्रोपावर कम्पनीको व्यवस्थापनमा केहि विवाद रहेको जानकारी पाएकाले लगानीकर्ताको हितलाई ध्यानमा राखी तत्काल कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिएका बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij