२०८३ साउन ९ शनिबार

विद्युत् आपूर्ति ठप्प भएपछि स्थानीय आक्रोशित, विद्युत् महशुल कक्षमा लगाइदिए ताला

ई आर्थिक    बुधबार, जेष्ठ ३१ २०७४
1.7K
Shares
विद्युत् आपूर्ति ठप्प भएपछि स्थानीय आक्रोशित, विद्युत् महशुल कक्षमा लगाइदिए ताला

३१ जेठ, नवलपरासी । विद्युत् आपूर्ति ठप्प भएको विरोधमा स्थानीयले नवलपरासीको एकमात्र विद्युत् उत्पादन गृहमा तालाबन्दी गरेका छन् । जिल्लाको गुठीसूर्यपूरास्थित गण्डक जल विद्युत् केन्द्रमा मङ्गलवार स्थानीयद्वारा कार्यालय घेराउ गरी विद्युत् महशुल कक्षमा तालाबन्दी गरेका हुन् ।

प्रतापपुर गाउँपालिका–८ पिपरपातीमा करीब १५ दिनदेखि ट्रान्सफर्मर जलेर विद्युत् आपूर्तिमा समस्या आएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । विद्युत् आपूर्ति पूर्णरुपमा ठप्प हुँदा विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको स्थानीयको गुनासो छ । गाउँमा १०० केभीको ट्रान्सफर्मर जडान गर्नका लागि करीब छ महीना अगाडि नै नेपाल विद्युत प्राधिकरणमा उजुरी गरेको भए पनि हालसम्म बेवास्ता गरेको हुँदा बाध्य भएर ताला लगानुपरेको स्थानीयले बताएका छन् ।

विद्युत् सञ्चालन गर्नका लागि प्राधिकरणले त्यस ठाउँमा ५० केभीको ट्रान्सफर्मर जडान गरिएको थियो । बिग्रिएको ट्रान्सफर्मर मर्मतका लागि स्थानीयले दबाब स्वरुप तालाबन्दी गरेको स्वीकार गर्दै विद्युत् उत्पादन गृहका प्रमुख सुरेश रावतले भने – ‘उक्त ट्रान्सफर्मर मर्मतको काम अघि बढाईएको र केहि दिनमै मर्मत भएर त्यहाँ विद्युत सुचारु हुनेछ ।’रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij