३१ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षमा प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको १८२औँ सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि श्रेष्ठ सांग्रिला डेभलपमेन्ट बैंकमै सञ्चालकको रुपमा कार्यरत थिए । उनी वरिष्ठ अर्थोपेडिक सर्जन हुन् ।
साथै, उनी पोखराको फेवा सिटी हस्पिटलको निर्देशक हुन् । श्रेष्ठ त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त पोखराको गण्डकी मेडिकल कलेजको प्रधानअध्यापक पनि हुन् ।