३१ जेठ, काठमाडौं । माउन्ट कैलाश इनर्जि कम्पनी लिमिटेडले २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा उक्त शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले शेयर निष्काशनका लागि एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतामा माउन्ट कैलाश इनर्जिको तर्फबाट कार्यकारी अध्यक्ष भरत कुमार खड्का र एनआईबिएलको कार्यकारी प्रमुख शिभन्त बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।
हाल माउन्ट कैलाश इनर्जीको चुक्ता पुंजी ५२ करोड ५० लाख रहेको छ। माउण्ट कैलाश इनर्जीले मुस्ताङ जिल्लाको टुकुचे गा.वि.स. स्थित १३.६ मेगावाटको थापा खोला जलबिद्युत आयोजनाको निमार्ण गर्दैछ ।