२९ जेठ, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडको हाल सञ्चालनमा रहेका एटीएम कार्डहरु (एससीटी तथा भिसा कार्ड) असार १ देखि नचल्ने भएका छन् । बैंकले अहिले ग्राहकलाई प्रदान गर्दे आएको एटीएम लगायतका सम्पूर्ण डेबिट कार्ड परिमार्जन गरी सेवा सुविधा छिटो छरितो रुपमा प्रदान गर्न नयाँ जारी गर्न लागेको हो ।
बैंकका अनुसार हाल कायम स्विचलाई परिवर्तन गरी नेप्स सञ्जालमार्फत कारोबार सुरु गर्न लागिएको हो । नयाँ सिस्टम परिवर्तन गर्दा यसअघि जारी गरिएका पुराना एससीटी तथा भिसा कार्डहरु चल्ने छैनन् । पुराना कार्डको सट्टामा असार १ देखि नयाँ कार्ड निःशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ ।
