२०८३ साउन ९ शनिबार

मिसनको सातौं वार्षिक साधारण सभा असार २६ मा, २२ प्रतिशत बोनस सेयर

ई आर्थिक    सोमबार, जेष्ठ २९ २०७४
5.1K
Shares
मिसनको सातौं वार्षिक साधारण सभा असार २६ मा, २२ प्रतिशत बोनस सेयर

२८ जेठ, काठमाडौं । मिसन डेभलपमेन्ट बैंक लिमिटेडले असार २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभाको विशेष प्रस्तावमा चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र रू.२२ लाख ५७ हजार २६ दशमलव ३२ नगद लाभांश(कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ ।

कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनमा जानु परे सम्पूर्ण कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभामा पेस गरिँदैछ । साधारण सभा गर्न बैंकले असार १५ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मिसनको चुक्ता पुँजी १९ करोड ४९ लाख २५ हजार रुपैयाँ छ । बैंकले ५ करोड ६० लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij