२०८३ साउन १० आइतबार

शुक्रबार एकैदिन नेप्सेमा साढे १ करोडभन्दा बढी कित्ता शेयर सूचिकृत गर्ने कम्पनी कुन कुन हुन् ?

ई आर्थिक    शुक्रबार, जेष्ठ २६ २०७४
5.6K
Shares
शुक्रबार एकैदिन नेप्सेमा साढे १ करोडभन्दा बढी कित्ता शेयर सूचिकृत गर्ने कम्पनी कुन कुन हुन् ?

२६ जेठ, काठमाडौं । शुक्रबार एकैदिन नेप्सेमा ३ कम्पनीका एक करोड ७३ लाख ८७ हजार ५८९.६३ कित्ता शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कृषि विकास बैंक सहित तीन कम्पनीले उक्त शेयर सूचिकृत गरेका हुन् ।

यसरी सूचिकृत गराउने कम्पनीहरुमा कृषि विकास बैंक, डिप्रोक्स लघुवित्त, सगरमाथा फाईनान्स रहेका छन् । कृषि विकास बैंक र डिप्रोक्स लघुवित्तको बोनस तथा सगरमाथा फाईनान्सको बोनस तथा हकप्रद दुबै सूचिकृत भएको हो ।

शुक्रबार कुल एक करोड ६८ लाख ८६ हजार ३९१.४५ सेयर कित्ता नयाँ सुचिकृत भएर थपिएको हो भने लुम्बिनी फाईनान्सको पाँच लाख एक हजार १९८.१८ कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण भएको हो ।

कृषि विकास बैंकले एक करोड १८ लाख १२ हजार ८०० कित्ता बोनस सेयर सूचिकृत गराएको हो । त्यस्तै शुक्रबार नै डिप्रोक्स विकास बैंकले नौं लाख दुई हजार ७३३ दशमलव ४५ कित्ता बोनस सेयर सूचिकृत गराएको छ । सगरमाथा फाईनान्सले १२ लाख १६ हजार ४६९ कित्ता बोनस तथा २९ लाख ५४ हजार ३८९ कित्ता हकप्रद गरी कुल ४१ लाख ७० हजार ८५८ कित्ता सेयर सूचिकृत गराएको छ ।

शुक्रबार नै लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनीले संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम गर्न पाँच लाख एक हजार १९८.१८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गरेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij