२०८३ साउन ९ शनिबार

अरबका ६ मुलुकले कतारसँग कुटनीतिक सम्बन्ध तोडे, कारण यस्तो छ

ई आर्थिक    सोमबार, जेष्ठ २२ २०७४
6K
Shares
अरबका ६ मुलुकले कतारसँग कुटनीतिक सम्बन्ध तोडे, कारण यस्तो छ

२२ जेठ, काठमाडौँ । क्षेत्रीय अस्थिरता बढाएको आरोपमा अरबका ६ मुलुकले कतारसँग कुटनीतिक सम्बन्ध तोडेका छन् । अतिवादी लडाकु समुहहरु ईस्लामिक स्टेट, अलकायदा लगायतलाई सहयोग गरेको आरोप लगाउँदै साउदी अरब, इजिप्ट, बहराईन, संयुक्त अरब इमिरेट्स्, लिबिया र यमनले कतारसँग कुटनीतिक सम्बन्ध तोडेका हुन् ।

साउदी अरबले कतारसँग जोडिएको स्थल सीमा बन्द गर्नुका साथै जल, हवाई लगायत सबै किसिमका सम्बन्ध बन्द गरेको छ । आतंकवाद तथा अतिवादबाट आफ्नो मुलुकको सुरक्षाका लागि यस्तो कदम चालिएको साउदी अरबले जनाएको छ ।

इजिप्टले पनि कतारसँगको हवाई तथा जल यातायात सेवा बन्द गरेको त्यहाँको विदेश मन्त्रालयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

संयुक्त अरब इमिरेट्स्ले आफ्नो मुलुकमा रहेका कतारी कुटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छोडेर जान अल्टिमेटम दिएको छ । दोहाले आतंकवाद, अतिवाद तथा साप्रदायीक संगठनहरुलाई आर्थिक लगायत सहयोग गरिरहेको आरोप आबुधाबीले लगाएको छ ।

बहराईनको सुरक्षा तथा स्थिरतामा खलल पुर्‍याएकाले कतारसँगको सम्बन्ध तोडेको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ । यमनको हुथी बिद्रोहीविरुद्ध कारवाही जारी राखेको साउदी नेतृत्वको अरब गठबन्धनले पनि कतारलाई सदस्यबाट निष्काषित गरेको छ ।

कतारले भने यसलाई आधारहीन निर्णय भनेर टिप्पणी गरेको छ । योसँगै अन्तर्राष्ट्रिय उडान भर्दै आएको ईत्तिहाद, इमिरेट्स्, फ्लाई दुबई लगायत एयरलाईन्सले कतारका सम्पूर्ण उडान रद्द गरेका छन् भने सम्बन्ध विच्छेद गरेका ६ मुलुकले कतारको बिमानलाई आफ्नो आकाश प्रयोग गर्न नदिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij