२०८३ साउन ९ शनिबार

पाँच अर्ब सम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने

ई आर्थिक    आइतबार, जेष्ठ २१ २०७४
3.4K
Shares
पाँच अर्ब सम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने

२१ जेठ, काठमाडौं । नेपालमा पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रु दुई अर्ब स्थिर पुँजी भएको उद्योगको स्वीकृतिका लागि दर्ता गर्न सो विभाग तथा लगानी प्रवद्र्धन बोर्डमा जानुपर्ने व्यवस्थालाई परिमार्जन गरी रु पाँच अर्बसम्मका उद्योगलाई विभागबाटै स्वीकृत हुने व्यवस्था गरेको हो।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा लामो समयदेखि अड्केर बसेको विदेशी लगानीसम्बन्धी विधेयक शुक्रबारको मन्त्रिपरिषद्ले पारित गरेको बताए। उनले भने, “यो विधेयक पारित भएसँगै विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनेको छ।”

मन्त्री जोशीले विदेशी लगानीकर्ताका लागि व्यापक सुविधा दिएर विधेयक ल्याइएको भन्दै ढुक्क भएर नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रहसमेत गरे। मन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ लाई खारेज गरेको बताउँदै नयाँ बनेको विधेयक नेपालमा विदेशी लगानी भित्र्याउने काममा सकारात्मक रहेको बताए।

यो विधेयक संसद्बाट पारित भएसँगै विश्वव्यापी रुपमा प्रचलित व्यवस्थामा यो ऐन हिँड्ने विश्वास मन्त्री जोशीले गरे। उनले कुन लगानीकर्ताले कति लगानी गर्ने भन्नेबारे नियमावलीमा समावेश गरिने उल्लेख गरे। विधेयकमा विदेशी लगानीकर्तालाई परिचयपत्रको व्यवस्था मिलाउने र राम्रो काम गर्नेलाई पुरस्कार र सम्मान गरिने उल्लेख छ।

उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले यो विधेयक पारित भएसँगै वैदेशिक लगानी नेपालमा बढ्ने र धेरै युवाले रोजगार पाउने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij