१९ जेठ, काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले १ बराबर शून्य दशमलव ५ (१:०.५) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
बैंकको शेयरधनीका लागि प्रति शेयर रू.एक सय अङ्कित दरले १ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । जेठ १६ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले असार ५ गतेदेखि साउन ८ गतेसम्म शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यसका साथै प्रभु बैंकका शाखाहरू विराटनगर, आर्दशनगर वीरगञ्ज, बुटवल, धनगढी, र सुर्खेत र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्टका शाखाहरु बनेपा, भरतपुर, फेनहरा शाखा, नवलपरासी, हेटौंडा, दोलखा, धादिङ र रसुवाबाट हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।
बैंकको हालको चुक्ता पूँजी रू. ३ करोड रहेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि बैंकको चुक्ता पूँजी रू. ४ करोड ५० लाख पुग्नेछ ।