१८ जेठ, काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ बराबर १(१:१) को अनुपातमा हकप्रद शेयर असार ५ गतेबाट निष्कासन गर्ने भएको छ ।
१ सय रुपैयाँ अंकित मूल्य रहेको कम्पनीको सेयरमा जेठ ३ गतेसम्म सेयर स्वामित्व भएकाले लगानी गर्न पाउने छन् । साउन ९ गतेसम्म खुल्ने सेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलको कार्यालय र एनबी इन्स्योरेन्सका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।
हाल २७ करोड चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि पुँजी ५४ करोड रुपैयाँ पुग्ने छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले चुक्ता पुँजी १ अर्ब पुर्याउनुपर्ने हुन्छ ।