जेष्ठ १३, काठमाडौं । गोमा एयर (समिट एयर) को कार्गो विमान तेन्जिङ हिलारी बिमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ । नाईन एनएकेए कल साइन भएको जहाज सामान बोकेर काठमाडौंबाट लुक्ला पुगेको पुगेको थियो । विमान काठमाडौंबाट साढे १ बजे उडेको थियो । २ बजेर ४ मिनेटमा बिमान दुर्घटना भएको थियो ।

विमानस्थलदेखि करिब दुई सय मिटर तल उक्त विमान झरेको जानकारी जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ । उक्त कुराको पुष्टि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल पनि गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हावाको चापको कारण दुर्घटना भएको हुनसक्ने जानकारी दिइएको छ ।
विमानमा रहेका क्याप्टेन पारसकुमार राई र कोपाइलट सृजन मानन्धरको खोजी भइरहेको छ । विमान दुर्घटनामा परी घाइते एयर होस्टेस प्रज्ञा मानन्धरलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने भएको छ ।