१० जेठ, काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंक र बुटबलमा रहेको सेवा विकास बैंकले जेठ २५ गते विशेष साधारण सभा गर्ने भएका छन् । कामना विकासको सभा विहान ९ बजे होटल पोखरा ग्राण्ड, पार्दी विरौटामा हुने भएको छ भने सेवा विकास बैंकको आम्रपाली कटेज एण्ड रेष्टुरेण्ट, बुटवलमा हुने भएको छ ।
साधारण सभाको विशेष प्रस्तावमा कामना विकास बैंक र सेवा विकास बैंक एक आपसमा गाभिने प्रस्ताव पारित गर्ने रहेको छ । दुई बैंकहरु एक आपसमा मर्जर भएपछि बैंकको नाम परिवर्तन भएर कामना सेवा विकास बैंक लिमिटेड रहने भएको छ । बैंकको मर्जर प्रक्रियाको लागि २०७३ मङ्सिर १२ गतेदेखि शेयर कारोबार बन्द हुनेछ ।