८ जेठ, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले जेठ १७ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३ लाख ६८ हजार १४४ कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।
यसमध्ये १ लाख ८४ हजार ७२ कित्ता आयोजना प्रभावित क्षेत्रको रसुवा जिल्लाका बासिन्दाहरुको तथा अति प्रभावित क्षेत्र हाकु, डाँडागाँउ र रम्चे गाविसका स्थानिय बासिन्दा र १ लाख ८४ हजार ७२ कित्ता रसुवा जिल्लाका अन्य गाविसका बासिन्दाका बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
मैलुङको आईपीओ छिटोमा जेठ ३१ गते र ढिलोमा असार १५ गते बन्द हुनेछ । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । यो आइपीओमा ५० देखि १८ सय ४० कित्तासम्म आवेदन दिन पाइनेछ ।
साथै आइपिओमा इच्छुक व्यक्तिहरुले शेयर रजिष्टारका साथमा जनता बैङ्क लिमिटेड, धुन्चे, रसुवा, प्रभु बैङ्क स्याप्रुवेसि। रसुवा, आइसिएफसि फाइनान्स, कालिकास्थान, रसुवा, हिमालयन बैङ्क बेत्रावती, रसुवा र मैलुङ खोला जलविद्युत कम्पनीको डाँडागाँउ ७ रसुवाबाट आवेदन दिन तथा दरखस्त बुझाउन सक्नेछन् ।
कम्पनीको शेयर पूँजी रू. २५ करोड ७७ लाख रहेको छ । हाल कम्पनीको अधिकृत पूँजी रू. ७५ करोड र जारी पूँजी रू. ३६ करोड ८१ लाख रहेको छ । कम्पनीले आफ्नो जारी पूँजीमध्ये रू. २५ करोड ७७ लाख संस्थापक शेयरधनीबाट चुक्ता भएको छ । कम्पनीको आईपिओ बाँडफाँटपछि चुक्ता पूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार पुग्नेछ ।