२ जेठ, काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क आस्बा सेवा प्रदान गर्ने भएको छ ।
धितोपत्रको सार्वजनिक निष्कासनमा आवेदन दिँदा बैंकका ग्राहकले कुमारी बैंकमा रहेको आफ्नो चल्ती, बचत तथा कल खाताबाट आस्बा प्रणालीमार्फत सहज, सरल र सुरक्षित तरिकाले लगानी गर्न सक्ने व्यवस्था कुमारी बैंकले गरेको छ ।
निःशुल्क सेवाबाट आस्बा प्रणालीमार्फत सेयरमा लगानी गर्न ग्राहकहरू थप अभिप्रेरित हुने कुमारी बैंकको विश्वास छ । यो सुविधा कुमारी बैंकले ३६ वटै शाखा कार्यालयहरूबाट ग्राहकलाई निःशुल्क दिने भएको हो ।