२०८३ साउन ९ शनिबार

जेठको पहिलो साता प्रधानमन्त्रीले राजीनामा दिने, बजेट कामचलाउ सरकारले ल्याउने

ई आर्थिक    सोमबार, जेष्ठ १ २०७४
2.4K
Shares
जेठको पहिलो साता प्रधानमन्त्रीले राजीनामा दिने, बजेट कामचलाउ सरकारले ल्याउने

१ जेठ, काठमाडौं । सत्तारुढ दलहरू कांग्रेस र माओवादी केन्द्रबीच भएको पूर्व सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ पहिलो साता राजीनामा दिने भएका छन्। उनले जेठ ७ गतेभित्र संसद्ला‌ई सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । संसद् बैठक जेठ ४ गते बस्दैछ ।

राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्‌लाई सम्बोधन गरेर राजीनामा दिन लागेको बताए ।

स्थानीय तहको चुनाव सफल बनाएकोमा खुशी देखिएका प्रधानमन्त्रीले जेठ ५ गतेभित्र राजीनामा दिने जानकारी दिएको राजपाका नेता राजकिशोर यादवले जानकारी दिए ।

आफूले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने प्रधानमन्त्रीले मधेसी नेताहरुलाई जानकारी दिएका छन् ।

साथै उनले दोस्रो चरणको चुनावअघि नै संविधान संशोधन गर्न आफूले प्रयास गर्ने प्रधानमन्त्रीले राजपाका नेताहरुलाई आश्वस्त पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij