२०८३ साउन ९ शनिबार

गोखार्जको हकप्रद शेयर निष्कासन आजदेखि, कहाँ बाट दिने आवेदन ?

ई आर्थिक    सोमबार, जेष्ठ १ २०७४
10.9K
Shares
गोखार्जको हकप्रद शेयर निष्कासन आजदेखि, कहाँ बाट दिने आवेदन ?

१ जेठ, काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडले २ बराबर १(२:१)को अनुपातमा हकप्रद शेयरको निष्कासन सोमवार (आज)देखि खुला गरेको छ । कम्पनीले प्रति शेयर एक सय अङ्कित दरको २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको वैशाख १९ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले शेयरमा खरीदको लागि असार ३ गते सम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । यसका, साथै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड काठमाडौं, एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट, गोखार्ज फाइनान्स लिमिटेडको रजिष्टार्ड कार्यालय डिल्लिबजार, तथा शाखा कार्यालयहरु बौद्ध, न्यूरोड, सातदोबाटो, सूर्य विनायक, धरान, इटहरी, दमक, विर्तामोड, नारायणगण र जनागल बाट हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।

कम्पनीको हालको चुक्ता पूँजी रू. ५७ करोड ८६ लाख ६२ हजार ५ सय रहेको छ । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि बैंकको चुक्ता पूँजी रू. ८६ करोड ७९ लाख ९३ हजार ८ सय पुग्नेछ ।

gorkhas

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij