२०८३ साउन ९ शनिबार

एनएलजीको नाफा १७.२५ प्रतिशतले बढ्यो

ई आर्थिक    बुधबार, बैशाख २७ २०७४
2.6K
Shares
एनएलजीको नाफा १७.२५ प्रतिशतले बढ्यो

२७ वैशाख, काठमाडौं । एनएलजी इन्स्योरेन्स चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १७.२५ प्रतिशतले नाफा बढोत्तरी गरेको छ ।

इन्स्योरेन्सले जारी गरेको वित्तिय विवरण अनुसार यो अवधिमा इन्स्योरेन्सले १२ करोड ९७ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो आवको सोहि अवधिमा इन्स्योरेन्सको नाफा ११ करोड ६ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

५१ करोड २३ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १० करोड ५७ लाख १५ हजार रुपैयाँ रहेको छ । यो अवधिमा इन्स्योरेन्सको महाविपत्ति जगेडा तीन करोड ५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोहि अवधिमा महाविपत्ति जगेडा एक करोड ९३ लाख ६६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा इन्स्योरेन्सको बिमा कोषको ५३ करोड ११ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ४० करोड ७० लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

एक अर्ब एक करोड ३२ लाख ६२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ७७ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ २८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij