२०८३ साउन ९ शनिबार

निशानामा डन: सबै डनलाई जेल हाल्ने तयारी, यस्ताे याेजना बनाउदैछ प्रहरी

ई आर्थिक    बुधबार, बैशाख २७ २०७४
2.2K
Shares
निशानामा डन: सबै डनलाई जेल हाल्ने तयारी, यस्ताे याेजना बनाउदैछ प्रहरी

२७ वैशाख, काठमाडौं । निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले चक्रे मिलनलाई महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको हो ।

यसअघि आइतबार दीपक मनाङेलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनाङेलार्य सोमबार पाँच दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

काठमाडौं, प्रहरी परिसर प्रमुख छविलाल जोशीले निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुन्डा नाइकेहरुलाई पक्राउ गरिएको जानकारी दिए । ‘निर्वाचनमा डनहरु प्रयोग हुने र शान्तिसुरक्षा खल्बलिने सम्भावनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो,’ एसएसपी जोशीले भने । पहिलो चरणको स्थानीय निर्वाचन हुन एकसाता अघि प्रहरीले गुन्डा नाइके पक्राउ गर्न थालेको हो ।

महाशाखा स्रोतका अनुसार स्थानीय निर्वाचनमा गुन्डा नाइकेलाई हिरासतमा राख्ने प्रहरीको योजना छ । ‘हामी सबै डनको खोजी गरिरहेका छौं,’ स्रोतले भन्यो ।आजको अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij