२६ वैशाख, काठमाडौँ । मंगलवार शेयर बजार ०.८३ प्रतिशतले बढेको छ । यो दिन १३.५१ अङ्कले नेप्से उकालो लागेर परिसुचक १६५०.८१ बिन्दुमा पुगेको छ ।
यो दिन कारोबारमा आएको सबै समूहको परिसूचक बढे पछी समग्र नेप्से परिसूचक उकालो लागेको हो । यो दिन १४२ कम्पनीहरुको ५ हजार ६ सय ५४ पटकको व्यापारमा १० लाख ७१३ कित्ता शेयर ६१ करोड २० लाख १८ हजार ४९७ रुपैयामा कारोबार भएको छ ।
यस् दिन बैंकिङको ०.४७, होटेलको १, बिकास बैंकको १.२८, जलविद्युत्को ५.८८, फाइनान्सको ०.५८, र बिमाको ०,७५ र अन्य’ समुहको ०.२१ प्रतिशतले उकालो लागेको छ ।