२०८३ साउन ९ शनिबार

एफपीओ बाँडफाँड गरेकै भोलिपल्ट स्टान्डर्ड चार्टर्डको आयो यस्तो प्रगति विवरण

ई आर्थिक    मंगलबार, बैशाख २६ २०७४
2.2K
Shares
एफपीओ बाँडफाँड गरेकै भोलिपल्ट स्टान्डर्ड चार्टर्डको आयो यस्तो प्रगति विवरण

२६ वैशाख, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब छ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको तुलनमा १७ प्रतिशत बढी नाफा कमाएको हो ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ४३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्डले ९० करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

तीन अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब ८३ करोड ८५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९ दशमलव ६८ प्रतिशतले वृद्धि गरी ६९ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २७ दशमलव ३४ प्रतिशत बढाएर ३७ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ लगानीे गरेको छ । बैंकको खुद व्याज आम्दानी १८ दशमलव ९७ प्रतिशतले बढेर एक अर्ब ५५ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२ दशमलव २८ प्रतिशतले बढेर एक अर्ब ६१ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा चार करोड ६३ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकको प्रोभिजनमा ११ करोड तीन लाख रुपैयाँ राखिएको छ । बैंकको पूँजीकोष अनुपात एक दशमलव ९८ प्रतिशतले बढेर १६ दशमलव ८९ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ०६ प्रतिशतले घटेर शुन्य दशमलव २३ प्रतिशत कायम भएको छ । चैत्र मसान्तसम्ममा स्टान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३७ दशमलव ८४ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) ६२ दशमलव १० गुणा, प्रतिसेयर नेटवर्थ दुई सय २९ दशमलव ०३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij