२०८३ साउन १० आइतबार

स्ट्याण्डर्ड चार्टर्डको एफपिओ बाँडफाँडमा आयो यस्तो समस्या, समयमा निष्कासन नहुने सम्भावना बढ्यो

ई आर्थिक    शुक्रबार, बैशाख २२ २०७४
3.9K
Shares
स्ट्याण्डर्ड चार्टर्डको एफपिओ बाँडफाँडमा आयो यस्तो समस्या, समयमा निष्कासन नहुने सम्भावना बढ्यो

२२ वैशाख, काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निष्कासन गरेको एफपिओ बाँडफाँडमा समस्या देखिएको छ । आस्वा आबद्ध पाँच बैंकहरुले पठाएको डाटालार्इ रिकन्सिलेसन गर्न कठिनाइ परेको कारण क्यापिटलले समयमा निष्कासन गर्न नसक्ने सम्भावना बढेको छ ।

धितो पत्र बोर्डले १० दिन अगाडिनै बाँडफाँड गर्न निर्देशन दिएसंगै तीब्र रुपमा काम अघि बढाएको एनएमबी क्यापिटलले आस्वा आवेदनका कारण समयमै काम सक्न कठिनाइ भएको जनाएको छ ।

यसअघि स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा ३८ अर्ब भन्दा बढी रकम फ्रिज हुँदा तरलतामा समस्या भएको भन्दै ५० दिनभित्रै एफपीओ बाँडफाँड गर्न नेपाल धितोपत्र बोर्डले बिक्री प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको थियो ।

आज बिहान देखि आफ्नो समस्या लिएर एनएमबी क्यापिटलका कार्यकारि प्रमुख श्रीजेश घिमिरे नेपाल धितोपत्र बोर्ड पुगेका थिए ।घिमिरेले सबै फारम अध्यावधिक गर्न केहि समय माग गरेका छन् । तर समय थप गर्न दिने वा नदिने भन्ने बिषयमा घिमिरेलाइ बोर्डले कुनै निर्णय भने दिएन ।

बोर्डले बाँडफाँड आजै गराउने, समय थप गर्ने वा कारबाही प्रकृया अगाढी बढाउने भन्ने बिषयमा बोर्डले अहिले छलफल गरिरहेको जनाएको छ ।

बैंकले गत चैत १ देखि ४ गतेसम्म फेस भ्यालू एक सय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता कुल १२ सय ९० रुपैयाँको दरले एफपीओ निश्कासन गरेको थियो । कुल ३ अर्ब ३० करोड मूल्यको एफपीओमा ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन परेको थियो । देशभरका संकलन केन्द्रबाट दुई लाख २५ हजार बढी लगानीकर्ताले एफपीओका लागि आवेदन दिएका छन् ।

 

यहाँ पनि हेर्नुस्-  स्ट्याण्डर्ड चार्टर्डको एफपीओ बाँडफाँड भोलि

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij