२०८३ साउन १० आइतबार

नेपाल लाइफको दैनिक १० रुपैयाँमा १० लाखको बिमा योजना, २५४ आर्थिक पत्रकारलाई १९ करोड बराबरको निशुल्क विमा

ई आर्थिक    शुक्रबार, बैशाख २२ २०७४
4.2K
Shares
नेपाल लाइफको दैनिक १० रुपैयाँमा १० लाखको बिमा योजना, २५४ आर्थिक पत्रकारलाई १९ करोड बराबरको निशुल्क विमा

२२ वैशाख, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा ‘स्मार्ट जीवन बिमा’ योजना सुरु गरेको छ ।

‘स्मार्ट हुनुहोस्, जिम्मेवार बन्नुहोस्’ भन्ने मुल नारा सहित उक्त योजनामा सबै नागरिकले दैनिक १० रुपैयाँ लगानी गरेर १० लाख रुपैयाँ सम्मको सुरक्षा पाउन सक्छन् । कम्पनीले यो बिमा योजना सञ्चालनपछि हरेक तह र तप्काका व्यक्तिलाई बिमाको दायरामा ल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेको छ ।

त्यस्तै, कम्पनीले यही योजना आर्थिक पत्रकार समाज (सेजन)मा आवद्ध २ सय ५४ जना आर्थिक पत्रकारलाई निशुल्क प्रदान गर्ने भएको छ । एक वर्षे अवधिको यो योजनामा सहभागी हुने पत्रकारको मृत्यु भएमा उसको परिवारले २ लाख ५० हजार रुपैयाँ भुक्तानी पाउनेछ । यदी दुर्घटनामा परि मृत्यु भएमा भने उसको परिवारलाई कम्पनीले थप २ लाख ५० हजार सहित ५ लाख रुपैयाँ प्रदान गर्नेछ । कम्पनीले औषधि उपचार व्यहोर्ने नभई दुर्घटना पछिको मृत्युमा भने सो रकम भुक्तानी गर्ने हो ।

यदी सेजनमा आबद्ध पत्रकार दुर्घटनामा परि सदाको लागि शारिरीक रुपमा अशक्त भएमा भने उसले १ सय २० किस्तामा २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तो किस्ता भुक्तानी १० वर्षसम्म गरिनेछ । २ सय ५४ जना आर्थिक पत्रकारको लागि ल्याएको यो योजनामा कम्पनीले लभभग १९ करोडको दायित्व बहन गरिदिन्छ । बार्षिक रुपमा नविकरण गर्दा पत्रकार पहिलो पकट आबद्ध हुँदाको उमेरलाई नै आधार मानेर बिमा सुविधा दिने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij