२०८३ साउन ९ शनिबार

तीनकुनेमा स्त्रीरोग स्वास्थ्य शिविर सम्पन्न

ई आर्थिक    मंगलबार, बैशाख १९ २०७४
4.5K
Shares
तीनकुनेमा स्त्रीरोग स्वास्थ्य शिविर सम्पन्न

१९ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३५, तीनकुनेमा सोमबार स्त्रीरोगसम्बन्धी बृहद् स्वास्थ्य शिविरको आयोजना गरियो ।

स्थानीय एकीकृत उपभोक्ता समिति र सामुदायिक विकास समितिको संयुक्त पहलमा आयोजना गरिएको उक्त शिविर ट्रिटन कलेजको हातामा सञ्चालन गरिएको थियो ।

उक्त शिविरबाट एकसय ५० भन्दा बढी महिला लाभान्वित भएका थिए । शिविरमा खासगरी पाठेघर, क्यान्सर, प्रसूतिलगायत बिरामीको विस्तृतरुपमा परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष मदन शिवाकोटीले जानकारी दिनुभयो ।

शिविरमा काठमाडौँ मोडल अस्पतालबाट खटिएको विशेषज्ञसहितको टोलीले सेवा पु¥याएको थियो । शिविरमा क्यान्सरको मेमोग्राम, रगत, इसिजी, दिसापिसाब परीक्षणको समेत व्यवस्था गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij