२०८३ साउन १२ मंगलबार

सिभिल बैंकका का.मु. सीईओ गुरुङ्ग साउन ३२ पछि सीईओ, ईच्छाराजले पनि छाडे बैंक, बैंकको अध्यक्षमा बोगटी

ई आर्थिक    सोमबार, बैशाख १८ २०७४
7.4K
Shares
सिभिल बैंकका का.मु. सीईओ गुरुङ्ग साउन ३२ पछि सीईओ, ईच्छाराजले पनि छाडे बैंक, बैंकको अध्यक्षमा बोगटी

काठमाडौं । सिभिल बैंक सञ्चालक समितिले का.मु. सीईओ गोविन्द गरूङलाई आउने साउन ३२ गतेदेखि सीईओ बनाउने निर्णय गरेको छ ।

सञ्चालक समितिसँग ‘टसल’ भएपछि सिभिल बैंकका सीईओ किशोर महर्जन बैंकबाट वाहिरिएका थियो । त्यही टसलका कारण बैंक सञ्चालक समितिले उनको म्याद थपेको थिएन । उनी बाहिरिए पछि बैंकमा नायव सीईओ गोविन्द गुरूङलाई का.मु सीईओको जिम्मेवारी दिइएको थियो ।

यस अघिका महर्जन भने साउन ३२ सम्म अधिकारविहीन सीईओ भने रहि रहने छन् । त्यसपछि भने हालका का.मु. सीईओ गुरूङलाई ‘फूल सीईओ’ को जिम्मेवारी दिइने निर्णय बैंक सञ्चालक समितिको बैठकले गरिसकेको कम्पनी सचिव डिल्लीराम श्रेष्ठले जानकारी दिए । उनलाई ४ बर्षको लागि सीईओ बनाइएको पनि सचिव श्रेष्ठले जानकारी दिए ।

उनलाई बैंकको आधिकारिक वेबसाइट प्रमुख कार्यकारी अधिकृतबाट हटाइएको छैन् ।
महर्जनको नेतृत्वमा बैंकको व्यवस्थापन माथि बैंक सञ्चालक समितिले विभिन्न विषयमा बेला–बेलामा प्रश्न उठाउँदै आएको थियो । जथाभावि कर्जा लगानी गरेको, ठूलो रकम प्रोभिजन गराएको, बैंकले प्रतिफल नदिएको जस्ता आरोपहरु लागेको छ ।

Civil-Managment team

आफ्ना समकक्षी बैंकहरुको समेत सेयरधनीहरुलाई राम्रो प्रतिफल दिइरहेको अवस्थामा सिभिल बैंकका सेयरधनीहरु समेत रुष्ट भएका छन् । महर्जन नेतृत्वमा बैंकले गरेको ५० करोड भन्दा बढी अहिले पनि खराब कर्जाको अवस्थामा रहेको छ । बैंकको परफरमेन्सलाई गति दिन नसकेको भन्दै सेयरधनी र लगानीकर्ताले लामो समयदेखि असन्तुष्टी जनाउँदै आएका थिए ।

यसैबीच बैंकमा महर्जनका अन्य समर्थक कर्मचारीहरु पनि बैंकको निशानामा पर्ने भएका छन् । महर्जन समर्थक केही खराब आँचरण भएका बैंक कर्मचारीलाई पनि हटाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी बैंकका अध्यक्ष ईच्छाराज तामाङले पनि बैंक छाडेका छन् । बैंक वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) प्रमाणीकरण भएपछि तामाङ बैंकबाट वाहिरिएका हुन । उनीले बैंकको अध्यक्ष छाडे पछि अम्विर बोगटी अध्यक्ष बनेका छन् । तर बैंकको वेब साइटमा भने अहिले पनि तामाङ नै अध्यक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij