१७ जेठ, काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले ५ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन जेठ २५ गतेदेखि निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।
कम्पनीको प्रतिशयर १ सयको अङ्कित दरमा ५ लाख ६० हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र पाँचथर तथा ताप्लेजुङ जिल्लाका वासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो । सोमध्ये प्रत्यक्ष रुपमा प्रभावित पाँचथर जिल्लाका थर्पू गाविस, साब्लाखु गाविसका लागि २ लाख २४ हजार कित्ता र ताप्लेजुङ जिल्लाका अन्य गाविसको लागि ३ लाख ३६ हजार कित्ता निष्कासन गरेको छ ।
प्रति शेयर १ सय अङ्कित मूल्य रहेको कम्पनीको न्यूनतम ५० कित्ता र अधिकतम २ हजार ८ सय कित्ता शेयर दरखास्त दिन सकिन्छ । आईपीओ छिटोमा असार ८ गते र ढिलोमा २३ गते बन्द हुनेछ । शेयरको निष्कासन तथा विक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।
इच्छुक लगानिकर्ताहरुले शेयर रजिष्ट्रारका साथमा सिभिल बैंक लिमिटेड, एनआइसी एशिया, माछापुछ्रे बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड पाँचथर, फिदिम शाखा र फुङलिङ शाखा ताप्लेजुङबाट आवेदन दिन सक्ने छन् ।
आईपीओ निष्कासन गर्ने बैंकहरु कुमारी बैंक पुतलीसडक, लक्ष्मी बैंक हात्तिसार, सेञ्चुरी बैंक पुतलीसडक, सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड कमलादी काठमाडौं रहेका छन् ।
हाल कम्पनीको अधिकृत पूँजी रू. १ अर्ब र जारी पूँजी रू. ५६ करोड रहेको छ । जारीपूँजी मध्ये रू. ४२ करोड संस्थापक शेयरधनीबाट चुक्ता भएको छ । कम्पनीको आईपीओ निष्कासन भएपछि चुक्ता पूँजी रू. ५६ करोड पुग्नेछ ।