१६ जेठ, काठमाडौं । सनराइज बैंक लिमिटेडको १० बराबर ३ को अनुपातमा ३० प्रतिशत हकप्रद शेयर मङ्गलवारदेखि निष्कासन तथा विक्रि खुला भएको छ । बैंकले शेयरधनीहरुलाई असार १९ गतेसम्म प्रति शेयर रू. १ सयको अङ्कित दरका १ करोड ६५ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
सनराइजको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेका छ । बैंकको हकप्रद सेयरमा वैशाख २८ गते सम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।
इच्छुक लगानीकर्ताहरुले यस् हकप्रदमा प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी सनराइज बैंकको मुख्य कार्यालय सनराइज प्लाजा, गैह्रीधारा क्रसिङ्ग काठमाडौं तथा बैंकका अधिकांस शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।
हाल सनराइजको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ३२ लाख १२ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन पछि सनराइजको चुक्ता पुँजी ७ अर्ब ८ करोड ९१ लाख ७५ हजार ७०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ८५ करोड ७९ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सनराइजको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा र प्रतिसेयर नटवर्थ १३६ रुपैयाँ ८३ पैसा रहेको छ ।