१६ जेठ, काठमाडौं । नेपाली सेनाको एन ए जिरो फोर एट नम्बरको विमान बाजुराको कोल्टि विमानस्थलमा दुर्घटना भएको छ ।
काठमाडौंबाट सामान लिएर गएको उक्त विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको बाजुराका प्रहरीले जानकारी दिएको छ ।
सिमीकोटमा अवतरण गर्ने भनिएपनि मौसम खराबी भएका कारण कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएको बताईएको छ ।

विमानमा चालक दलका सदस्य मात्र भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनास्थलमा नेपाली सेना र प्रहरी उद्धारको लागि पुगिसकेका छन्।
