१५ जेठ, काठमाडौं । नेपालीको प्रतिब्यक्ति राष्ट्रिय आय अघिल्लो वर्षभन्दा करिब ११ हजार रुपैयाँले बढेको छ भने ऋण करिब ४ सय रुपैयाँले घटेको छ ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३/७४ को सरकारको प्रगति वितवरण संसदमा पेश गर्दै नेपालीको प्रतिब्यक्ति आय ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताए।
अघिल्लो आवमा प्रतिव्यक्ति आय ८० हजार ५ सय २५ रूपैयाँ थियो। अमेरिकी डलरमा भने आर्थिक वर्ष २०७२/७३मा यस्तो आय ७५७ डलर थियो भने चालु आवमा ८६२ डलर भएको जानकारी दिए।
सर्वेक्षण अनुसार विगत १५ वर्षमा नेपालीको आय ४ गुणाले बढेको छ। अाजकाे काराेबार दैनिकबाट