१७ वैशाख, काठमाडौं । बुम रेमिट्यान्सले ब्राह्रबिसे सिन्धुप्लान्चोक स्थित सिन्धु विकास बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ ।
सम्झौता अनुसार अब बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम सिन्धु बिकास बैंक लिमिटेडको ९ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका पाउनेछ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् ।
उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र सिन्धु विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब प्रधानले हस्तक्षर गर्नुभयो ।
आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिनुभयो । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।
बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिनुभयो । धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि श्रमिकहरुलाई विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्कमा नेपाल सरकारले राहत दिनुपर्ने तर्क राख्नुहुन्छ भने विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउनुहुन्छ ।