२०८३ साउन १२ मंगलबार

सानिमा बैंकको ३० प्रतिशत हकप्रद खुल्यो, जेठ २१ गतेसम्म आवेदन दिन सकिने

ई आर्थिक    आइतबार, बैशाख १७ २०७४
6.7K
Shares
सानिमा बैंकको ३० प्रतिशत हकप्रद खुल्यो, जेठ २१ गतेसम्म आवेदन दिन सकिने

१७ वैशाख, काठमाडौं । सानिमा बैंक लिमिटेडले आइतवार (आज) देखि ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले १० बराबर ३ (१०:३) अनुपातमा एक अर्ब ५९ करोड १७ लाख ६१ हजार सात सय रुपैंया बराबरको एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता हकप्रद सेयरको निष्काशन गरेको हो ।

बैंकको चैत १७ गतेसम्म कायम बैंकका सेयरधनीले मात्रै सो हकप्रद खरीदको लागि आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद शेयर निष्कासन बन्द हुने मिति जेठ २१ गतेसम्म रहेको छ ।

हकप्रद निष्कासनको लागि सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड र सानिमा बैंक नक्साल रहेको छ । यसका साथै सानिमा बैंक लिमिटेडको केन्द्रीय कार्यालय लगाायत उपत्यकाको भित्री शाखा कार्यालयहरू र सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।

बैंकको हालको चुक्ता पूँजी रू. ५ अर्ब ३० करोड ५८ लाख ७२ हजार ३ सय रहेको छ । बैंकको हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि बैङ्कको चुक्ता पूँजी रू. ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij