२०८३ साउन ९ शनिबार

सेयर कारोबार सामान्य बढ्यो

ई आर्थिक    बिहिबार, बैशाख १४ २०७४
6.4K
Shares
सेयर कारोबार सामान्य बढ्यो

१४ वैशाख, काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार आज सामान्य रुपमा वृद्धि भएको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज नेप्से परिसूचक ०.०२ प्रतिशतले मात्रै वृद्धि भएको छ । नेप्से परिसूचक एक हजार ६७० बिन्दुमा पुगेको छ । तर ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१६ प्रतिशतले घटेको छ ।

कुल १४३ कम्पनीको १४ लाख ५१ हजार ५२० कित्ता सेयर रु एक अर्ब १० करोड ४३ लाख दुई हजार २१८ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ ।

स्टककाअनुसार बैंकिङ र अन्य समूह ओरालो लागेको छ भने अरु समूहको सेयर सामान्य रुपमा बढेको छ । बैंकिङ समूह ०.३८ र अन्य समूह ०.७२ प्रतिशतले घटेको छ । यस्तै होटल ३.०६, विकास बैंक ०.३१, जलविद्युत् ०.७४, फाइनान्स ०.८१, बिमा ०.७८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij