१४ वैशाख, काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नको लागि धितोपत्र बोर्ड(सेबोन) बाट स्वीकृत पाएको छ । कम्पनीले १ बराबर १(१:१) अनुपातमा रू. एक सय अङ्कित दरको २७ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको विक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैँया रहेको छ । शतप्रतिशत हकप्रद जारी गरे पछि चुक्ता पूँजी ५४ करोड रुपैंया पुग्नेछ । कम्पनीको गत मंसिर १७ गतेको साधारणसभाले एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
यस अघि ८० प्रतिशत हकप्रद निष्काशन गरेको इन्स्योरेन्सले फेरि शतप्रतिशत हकप्रद निष्काशनको गर्न लागेको हो ।